सल्यान टुडे
सल्यान २ कार्तिक ।
सल्यानको दार्मा गाउँपालिकाबाट सरकारी सेवामा प्रवेश गर्ने ७१ जना सम्मानित भएका छन् । हालै आयोजित नागरिक अभिनन्दन कार्यक्रममा दार्मा गाउँपालिकामा स्थायी घर भई २०७५ देखि सरकारी सेवामा सिफारीस भएकाहरु सम्मानित भएका हुन् ।
गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा निजामती सेवा, नेपाल प्रहरी, नेपाली सेना, शिक्षक, स्वास्थ्य, कृषि, वन, स्काउट लगाएत सरकारी सेवामा प्रवेश गर्ने ७१ जनालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो ।
उहाँले कर्मचारीहरु काम भन्दा सुविधामा केन्द्रीत हुन नहुने कुरामा जोड दिनुभयो । दार्माबाट पनि सरकारी सेवामा प्रवेश गर्नेहरुको संख्या बढिरहेको जनाउँदै उहाँले मिहेनत, परिश्रम र लगनशिलताले मानिसलाई सफल बनाउने बताउनुभयो ।